२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशविरूद्ध कप्तान देव खनाल, गुल्सन झासहित ६ विकेट आउट

6 wickets out with captain Dev Khanal, Gulsan Jha against Bangladesh

काठमाडौं । यू–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले छ विकेट गुमाएको छ। दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनरसहित छ विकेट गुमाएको हो।

चौथो विकेटको रुपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भए । उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए। पाँचौ विकेटको रुपमा सिनियर टोलीका गुल्सन झा १६ बल खेल्दा मात्र ३ रन जोडेर आउट भए । छैठौं विकेटको रुपमा दिपक बोहोरापनि सस्तैमा समेटिए । उनीपनि ११ बल खेल्दा मात्र ३ रन जोड्न नपाउँदै आउट भए ।

त्यसअघि तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए। आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए। नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ। त्यसकारण नेपालले आजको खेलमा दवाबरहित हुन पहिले ब्याटिङ रोजेको हो।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस