२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै बाहिरियो नेपाल

Nepal will play India and Bangladesh in Super Six

१६ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ ।

तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् । सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ ।

नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन । त्यसैले नेपालको कुनै अंक छैन । नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । त्यसैले समूह ‘ए’ बाट भारत र समूह ‘डी’ बाट पाकिस्तान अपराजित रहँदै सुपर सिक्स खेल्नु अघि नै ४–४ अंकका साथ आएका थिए । आजको जितले ६–६ अंकमा पुग्दै सेमिफाइनल अनौपचारिकता बाँकी राखेका छन् ।

अब बंगलादेश, भारत र पाकिस्तान मध्य दुई टोली सेमिफाइनल खेल्नेछन् । बंगलादेशले सेमिफाइनल खेल्न नेपाल र पाकिस्तान दुवैलाई फराकिलो अन्तरले हराउँदै नेटरनरेटमा भर पर्नुपर्छ । अर्को सुपर सिक्समा अष्ट्रेलिया, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावेछन् । जसमा अष्ट्रेलिया र वेस्टइन्डिजको सुपर सिक्समा ४–४ अंक छ ।

सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २१४ रनले हरायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै २९५ रन बनायो । भारतका मुशिर खानले १२६ बलमा १३ चौका र ३ छक्कासहित सर्वाधिक १३१ रन बनाए । जितको लागि २९६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड २८.१ ओभरमा ८१ रनमा अल आउट भयो ।

अर्को खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो । जितका लागि १८२ रनको लक्ष्य पाकिस्तानले ४३.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा अहमद हसन सर्वाधिक ५७ रनमा नट आउट रहे ।

 

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस