२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दारको ‘ठेकी’ संरक्षण गर्न ठेकीका लागि प्रसिद्ध मकवानपुरमा तालिम सुरु

Training started in Makwanpur famous for theki to preserve Dar's 'Theki

हेटौँडा, माघ १३ गते । मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि दारको ठेकी संरक्षण थालिएको छ । दारको ठेकीका लागि प्रसिद्ध मकवानपुरमा ठेकी संरक्षण गर्न तालिम सुरु गरिएको हो । पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा २० जना महिला र ५ जना पुरुषसहित २५ जनाले तालिम लिइरहनुभएको छ ।

२० दिनसम्म चल्ने तालिमबाट लोप हुने अवस्थामा पुगेको दारको ठेकीलाई पुनः मकवानपुरमा स्थापित गर्ने उद्देश्य आयोजकले तालिम सुरु गरेको हो । दारको ठेकीको लागि प्रसिद्ध रहेको मकवानपुरमा पछिल्लो समय ठेकी लोप हुने अवस्थामा पुगेको भन्दै तालिमको आयोजना गरेर मकवानपुरे पहिचानलाई स्थापित गर्न खोजेको आयोजक एवं बागमती प्रदेशसभा सदस्य भारती पाठकको भनाई छ ।

केही वर्ष अघिसम्म मकवानपुरमा उल्लेख्य रुपमा पाइने दारको रुखहरु अहिले लोप हुने अवस्थामा रहेको भन्दै उनले दारको रुख संरक्षणमा स्थानीयहरु सक्रिय हुनुपर्नेमा जोड दिए । सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना तथा एफएओ र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौँडा –५ पिप्लेमा ठेकी बनाउने तालिम दिन सुरु गरिएको हो ।

लोपोन्मुख अवस्थामा पुगेको दारको संरक्षण गर्न मकवानपुरको भीमफेदीमा दार पकेटक्षेत्र घोषणा गरेर दारको संरक्षण र प्रबद्र्धन गरिएको छ । मकवानपुरमा डिभिजन वन कार्यालयबाट मनहरी लगायतका स्थानमा गरी ३५ सयभन्दा बढी दारको बिरुवा रोपण तथा संरक्षण गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस