२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेतृ उषाकला हिन्दु परम्परामा छोरा सरह कपाल मुण्डन गरेर आमा र बुवाको किरिया पुत्री बसिन्

leader Usha Kala Rai became a kiriya putri of her mother and father by shaving her hair like a son in Hindu tradition

खोटाङ, माघ १३ गते । संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बसेकी छिन् । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेकी नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बसेकी हुन् ।

बुवा रुद्रकुमार राईको ८७ वर्षको उमेरमा बिहीबार राति काठमाडौँमा निधन भएको थियो । शुक्रवार पशुपति इलेक्ट्रिक शव दाह गृहमा दागबत्ती दिएर बुवाको अन्तिम संस्कार गरेपछि कपाल मुण्डन गरेर नेतृ राई काठमाडौँस्थित घरमा हिन्दु परम्पराअनुसार बुबाको किरिया पुत्री बसेकी छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मिएका स्व. रुद्रकुमार पञ्चायतकलामा प्रधानपञ्च बनेका थिए । ०४८ सालमा बहुदल आएपछि उनी एमालेको पहिलो जिल्ला कमिटी सचिव भए । स्व. राईको एक मात्र सन्तान पूर्व सामाजिक विकास मन्त्री उषाकला हुन् । जस कारण छोराको रूपमा आफ्नो बुवाको काज किरियामा अघि सरिरहेकी छन् । किरियामा मात्र हैन, पालन पोषणमा समेत छोरा सरह भूमिका निर्वाह गरिन् । ०७५ सालमा आमा लक्ष्मी राईको निधन हुँदा पनि उषाकला कपाल मुण्डन गरेर १३ दिन किरिया पुत्री बसेकी थिइन् ।

 

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस