२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू–१९ का नेपाली स्पिनर सुवासलाई आईसीसीले गर्‍यो कारबाही

ICC took action against U19 Nepal spinner Subas

१३ माघ, काठमाडौं । नेपालका स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।

उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसैको कारण आईसीसीको आचार संहिता २.९ अनुसार उनी कारबाहीमा परेका हुन् । एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले अव भारत र बंगलादेशसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस