२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६ लाख घुस लिएर थुनुवा भगाउने प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौँ । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी वीरवल राय यादवलाई बिहीबार पक्राउ गरेको हो ।

रौतहट घर भएका यादव लामो समय भारतमा लुकीछुपि बसेर कलकत्तामा ट्याक्सी चलाउँदै आएको प्रहरीले जनाएको छ । यादवलाई नेपाल आएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका असरफ आलमलाई भगाउन तत्कालीन जवान यादवले एक करोडबाट सुरू गरेर १० लाख रुपैंयाँमा डिल गरेको र पछि ६ लाख २५ हजार रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेका अनुसार प्रहरी निरीक्षक (फिल्ड अधिकृत) को किर्ते दस्तखत गरी प्रतिवादीलाई हिरासतबाट निकालेर यादवले कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए । यादवले लिएको रकमबाट भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउँदै आएका थिए । हाल उनीसँग नौ वटा ट्याक्सी छन् ।

 

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस