२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू-१९ विश्वकप: अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्ला नेपाल ?

U-19 World Cup Will Nepal reach Super Six by defeating Afghanistan

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्दैछ। नेपाली समय अनुसार खेल आज दिउँसो १:४५ मा सुरु हुनेछ। प्रतियोगिताका अघिल्ला दुई खेलमा पूरै ५० ओभर खेल्दै नेपालले मैदानमा संघर्ष देखाएको थियो। तर अफगानिस्तानविरुद्धको निर्णायक मानिएको आजको खेलमा नेपाललाई सुपर सिक्समा पुग्न हार्ने छुट छैन।

त्यसोत पछिल्लावर्षहरूमा अफगानिस्तान नेपालमाथि हावी हुँदै आएको छ। तर यो पटक उमेर समूहमा नेपालले समेत राम्रो प्रदर्शन देखाएको र तुलनात्मक रुपमा कमजोर ब्याटिङले अफगानिस्तानलाई समेत दबाब रहेको अवस्थामा नेपाली युवा टिमलाई नेदरल्यान्ड र पाकिस्तानको तुलनातमा जितका लागि केही सहज टोली मानिएको छ। तर नेपालले अघिल्ला खेलको तुलनामा आफूलाई सुधार्नु जरुरी छ। आशा गरिएका र अनुभवी मानिएका खेलाडीको कमजोर प्रदर्शन र पछिल्लो क्रमले ब्याटिङ लाइनअप धान्नुपर्ने अवस्था सुधार भएमा नेपालले अफगानिस्तानलाई हराउने छ।

पछिल्लो पटक गत डिसेम्बरमा युएईमा सम्पन्न एसिया कपमा अफगानिस्तानसँग भिडेको नेपाल ७३ रनले पराजित भएको थियो। युवा ब्याटर अर्जुन कुमालले ९१ रनको इनिङ खेले पनि अन्य खेलाडीको साथ नपाउँदा २६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८८ रनमै समेटियो। शुक्रबार नेपाल एसियाकपको हारको बदलाका लागि समेत राम्रो अवसर रहेको छ।

प्रतियोगितामा यसअघि दुवै टोली आफ्ना सुरुवाती २ खेलमा हारेकाले समूह ‘डी’बाट सुपर सिक्स पुग्नका लागि दुवै टिमलाई यही खेललाई निर्णायक रहेको छ। पाकिस्तानसँग फराकिलो अन्तरले हारेको अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध ९२ रनको लक्ष्य जोगाउने नजिक पुगेपनि १ विकेटले पराजित भएको थियो। समूहको अन्तिम खेल अगाडी नेपालको नेट रनरेट अफगानिस्तानकोभन्दा राम्रो रहेकाले वर्षाले बाधक भएमा नेपाल सुपर सिक्समा पुग्नेछ। तर खेलमा नेपाल अघिल्ला टोलीविरुद्ध जस्तै उच्च मनोबलका साथ मैदान उत्रिँदै अफगानिस्तानलाई हराएर सुपर सिक्समा पुग्ने समूहको तेस्रो टोली बन्ने लक्ष्यमा रहेको छ।

 

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस