२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज शुक्रबार सुन चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर चार दिन स्थिर रहेर बुधबार मूल्य घटेको हो ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यपनि स्थिर रहेको छ । हिजो बिहीबार तोलामा २० रुपैयाँले बढेर चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आजपनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस