२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

Nepal Payment Solutions Limited will issue an IPO

१२ माघ, काठमाडौं । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ५ हजार ६ सय कित्ता सेयर जारी गर्ने तयारी गरेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्तिसम्बन्धी भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सानराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेपाल पेमेन्ट सोलुसन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।

 

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस