२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने

The cold wave will not go away for a few more days

काठमाडौं । तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने भएको छ । तराईका कुनै–कुनै ठाउँमा बेलुकासम्म नै बाक्लो हुस्सुले ढाकिरहेको छ भने शीतलहर पनि चलेको छ । तीव्र गतिको हावा नचलेको र पानी नपरेकोले राति लागेको हुस्सु दिनभरि पनि नहटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

बाक्लो हुस्सुले तराई क्षेत्रका सबैजसो विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । धेरैजसो उडान ढिलाइ भएका छन्, केही रद्द भएका छन् । सडकमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेका छन् । यसैबीच अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भएको छ । ताप्लेजुङ, गोरखा, मनाङलगायत जिल्लाका केही ठाउँमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।

नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले केही दिन, केही ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । तर देशैभर जमिन भिज्ने गरी एकैपटक पानी पर्ने सम्भावना भने कम रहेको छ । चर्को खडेरीले बालीनालीमा ठूलो असर परेको छ, केही ठाउँमा पानीको हाहाकार हुनुका साथै प्रदूषण पनि बढेको छ ।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस