२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डडेल्धुराकाे अमरगढीमै छाउपढी कुप्रथा, मिस पवी भन्छिन्– महिनावारी भएकाहरु गोठमै बस्छन्

Offers direct sex - Miss Pabi

डडेल्धुरा । टिकटकबाट उदाएकी डडेल्धुराकी पवित्रा साँकी ‘मिस पवी’ले आफूले पनि छाउपढी कुप्रथा भोग्नु परेको बताएकी छिन् । मोडेलसमेत रहेकी उनले एक अन्तर्वार्तामा कुराकानी गर्दै आफू पहिलोपटक महिनावरी हुँदा भैंसीको गोठमा बसेको सुनाइन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ लटौलीकी साँकीले घरमा शौचालयसमेत प्रयोग गर्न नपाएको उल्लेख गर्दै खोलामा शौच गर्न गएको सम्झिइन् । अहिलेचाँही घरका सदस्यलाई सम्झाएर केही सुधार भएको उनले बताएकी छिन् । अहिले आफू महिनावारी भएका बेला कोठामै सुत्ने गरेको उनको भनाई छ । तर, अहिले पनि उनका छिमेकीका छोरीहरु महिनावारी हुँदा गोठमा बसिरहेको बताइन् । ‘त्यहाँका मान्छेलाई बुझाउन धेरै गाह्रो छ । कसरी बुझाउनु पढेलेखेको मान्छेले त बुझ्दैन झन् नपढेको मान्छेलाई कसरी बुझाउनु’ उनले भनिन् ।

सन् २०१८ को अगस्टमा नेपालले छाउपढीलाई गैरकानुनी घोषणा गरेपनि नेपालमा अझैपनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपढीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस