२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने

harka sampang dispute

विराटनगर । कार्यव्यस्तता देखाउँदै सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । “म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले भने ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । कोसी प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार, १३७ स्थानीय तहतर्फका १० जनाले मतदान गर्न बाँकी छ ।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस