२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेनुका पौडेलको आँखा चेकअपमा ‘इन्डियन आइडल’को सहयोग, अब मान्छे चिन्न सक्ने

Indian Idol support in Menuka's eye checkup

काठमाडौं । नेपाली चेली मेनुका पौडेल यतिबेला भारतकै सर्वाधिक लोकप्रिय रियालिटी शो ‘इण्डियन आइडल १४’मा प्रतिस्पर्धा गरिरहेकी छिन् । उनी, उत्कृष्ट १० मा पनि पुगिसकेकी छिन् ।

उनै, मेनुकाको आँखा जाँचमा यो रियालिटी शोले सहयोग गर्ने भएको छ । ‘इण्डियन आइडल’को पछिल्लो भागमा प्रशारण भएको भिडियोमा मेनुकाको आँखा, भारतका नेत्र जाँच विशेषज्ञले चेकअप गरेका छन् । डाक्टरका अनुसार, विशेष डिभाइसको मद्दतले मेनुकाले एक्लै हिँड्न, मान्छे चिन्न र पढ्न सक्नेछिन् ।

आँखाको चेकअपका क्रममा मेनुकाको आँखाको नर्भ्सले काम नगरेको डाक्टरले बताएका छन् । उनले, पूर्ण रुपमा दृष्टि पाउन नसक्ने डाक्टरको भनाई छ । तर, विशेष डिभाइसको मद्दतबाट मेनुकाले केही मात्रामा दृष्टि पाउन सक्ने डाक्टरले बताएका छन् ।

डाक्टरको यो भनाइपछि मेनुका उत्साहित छिन् । साथै, ‘इण्डियन आइडल’की निर्णायक श्रेया घोषालले मेनुकालाई बधाई दिएकी छिन् । साथै, उनले आफू चाँडै नै मेनुकाको आँखामा यो डिभाइस राखेको हेर्न चाहेको बताएकी छिन् । कार्यक्रममा मेनुकाले गायिका आशा भोस्लेको गीत गाएकी थिइन् । मेनुकाले गीत गाएपछि निर्णायकहरुले उठेर उनलाई सम्मान गरेका थिए ।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस