२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘बेटी पढाऊ, बेटी बचाऊ’ भ्रष्टाचार प्रकरणमा मुख्यमन्त्री कार्यालयका सचिव र सीडीई झा दोषी ठहर

Chief Minister's Office Secretary and CDE Jha found guilty

काठमाडौं । विशेष अदालतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीहरूलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो दाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरूलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो।

उक्त कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी परेको थियो। सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र सार्वजनिक खरिद अनुगमन निर्देशिकामा भएका प्रावधानको पालना नगरी सम्झौताअनुसार अम्बिका ब्रान्डका साइकल आपूर्ति हुनुपर्नेमा सम्झौताविपरीत ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकल खरिद गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

तत्कालीन प्रदेश सचिव भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तबरबाट तयार गरिएको र गलत लिखत भएकाले सझौताबमोजिमको साइकल प्राप्त हुनुपर्नेमा ब्रान्ड नखुलेको साइकल स्वीकार गरी गतल स्टोर दाखिला तयार गरी भुक्तानी गरेको पाइएको थियो। त्यस्तै सीडीई झामाथि तत्कालीन मूल्यांकन समितिको सदस्यसमेत रहेर फरक गुणस्तरको साइकल ल्याउनमा भूमिका खेलेका आरोप लागेको थियो।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस