२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बुधबार यस्तो छ सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौं । आज बुधबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोला १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ विगत चार दिनदेखि स्थिर रहेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस