२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानसामु नेपालका प्रमुख छ ब्याटर पेभेलिएन फर्किए, भरोसा लागेका गुल्शनपनि धरापमा परे

Nepal's top six batsmen returned to the pavilion against Pakistan

१० माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध आफ्ना शीर्ष छ विकेट गुमाएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २७ ओभरमा छ विकेट गुमाउँदै १२७ रन बनाएको छ । विपिन रावल ६८ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

नेपालको सिनियर टोलीबाट खेली सकेका गुलशन झा ४७ बलमा १८ रन जोडेर  आउट भए  । उनी पाकिस्तानका खुबैब खलीलको धरापमा परे । ओपनर अर्जुन कुमाल अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भएका थिए । त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच हुँदै पेभेलिएन फर्किए ।

कप्तान देव खनाल र विपिन रावलले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गरेका थिए । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रनमा आउट भएका हुन् । स्पिनर अली असफन्डलाई १८ औं ओभरको पहिलो बलमा लङअनमा सट खेल्ने धुनमा मिडअनमा उबेद साहबाट क्याच आउट भएका थिए । उत्तमथापा मगर स्पिनर अफरत मिन्हासको बलमा एज लागेर ४ रनमा क्याच आउट भएपछि नेपाल २१ ओभरमा ८५–४ को अवस्थामा पुगेको थियो । पाकिस्तानसामु नेपाल एकदमै थामिएर खेलिरहेको छ ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस