२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रामको मुस्कान, आँखा र मूर्तिबाट निस्किएको शक्ति बारे मूर्ति कुँदेका अरुण योगीराजले खुलाए

karnataka mysore sculptor yogiraj exclusive interview ayodhya ram lalla ram mandir

काठमाडौं । कर्नाटकका मूर्तिकार अरुण योगिराज आज चर्चामा छन् । उनले कुँदेको रामललाको मूर्ति अयोध्याको नयाँ राम मन्दिरको गर्भगृहमा स्थापना गरिएको छ । अरुण योगीराज आफूलाई सबैभन्दा भाग्यमानी मान्छन् । अरुण भन्छन्, ‘सपनामा बाँचेको जस्तो लाग्छ । अरुण अहिले देशकै सबैभन्दा बढी खोजिने मूर्तिकार हुन् । उनले धेरै मूर्ति बनाएका छन् । तर यसअघि सारा विश्वले उनको बनाएको मूर्तिका लागि यति उत्सुकताका साथ प्रतीक्षा गरेका भने थिएनन् । अरुण योगिराजसँग आजतकले विशेष कुराकानी गरेको छ ।

अरुण योगीराजले ५१ इन्चको उचाइ रहेको ५ वर्षीय भगवान रामको मूर्ति बनाएका छन् । कुराकानीमा उनले कलाकार भक्तको हृदयमा भगवान कसरी उत्रिन्छन् र उसको दिमागमा पुग्छन् भन्ने खुलाएका छन् । कसरी ढुङ्गाको मूर्तिले भगवानको आकार लिन्छ समेत ह्दय छुनेगरी बताए ।

उनी दिनरात मूर्ति कुँद्ने मात्रै सोच्थे

अरुण योगीराजले आफूलाई ठूलो जिम्मेवारी दिएको बताउँछन् । ७ महिनादेखि मूर्ति कोर्ने काममा व्यस्त थिए । देशलाई भगवानको दर्शन कसरी गराउने भनेर दिनरात सोचेको थिए । सबैभन्दा पहिले हामीले पाँच वर्षका बालबालिकाको बारेमा जानकारी सङ्कलन गर्यौं। पाँच वर्षको बालकभित्र राम खोज्ने कार्य आफैमा चुनौती थियो ।

आज सारा संसार खुशी छ । त्यहाँ बास्तविक हरेकले कल्पना गरिएका भगवान राम पाएका छन् । त्यसैले हामी धेरै खुसी छौं। रामलला सारा विश्वभरका हिन्दुहरुका हुन् । उहाँप्रति विश्वभरीका हिन्दुहरुको माया देखिन्छ । मैले कुँदेको मूर्ति प्राणप्रतिष्ठापछि हेर्दा म आफै चकित भएको छु । त्यहाँ वास्तविक भगवानको शक्ति देखिन्छ । यो देख्दा म आफैमापनि एक किसिमको शक्ति आर्जन भएको महसुस भएको छ ।

 

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस