२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्व नेपालले दियो १९८ रनको लक्ष्य

Nepal's top six batsmen returned to the pavilion against Pakistan

१० माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध १९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट हुनुअघि १९७ रन जोड्यो। लगातार विकेट गुमाएको नेपालको सुरुवात राम्रो हुन सकेन। नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ रन बनाए।

ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। अर्जुन आउट भएको दुई ओभरपछि आकास त्रिपाठी पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए। कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए। उनले ओपनिङ ब्याटर विपिनसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे।

उत्तम मगरले पनि ४ रनभन्दा बढी जोड्न सकेनन्। ओपनिङ ब्याटर विपिन पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका थिए। गुलसन झा आज पनि चल्न सकेनन्। झाले १८ रन मात्र बनाउन सके। यस्तै दिपेश कँडेल १३ रन र दीपक डुम्रे २६ रनमा आउट भए। अन्तिम एक बल बाँकी छदा आउट भएका सुवास भण्डारीले २४ बलमा २० रन जोडे। आकास चन्दले ११ बलमा नटआउट १६ रन जोडे।

बलिङमा अफगानिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २-२ विकेट लिन सफल भए। पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस