२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानसँग नेपाल शानदार प्रस्तुतीका बावजुद पराजित

Nepal's top six batsmen returned to the pavilion against Pakistan

१० माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले बलिङ तर्फ भने शानदार प्रस्तुती देखाएको छ । शानदार प्रस्तुतीका बावजुद नेपाल पराजित भयो ।

अन्तिम बलमा अलआउट हुनुअघि १९७ रन जोडेर नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले संघर्षपूर्ण अवस्थामा पूरा गर्यो । पाकिस्तानले ४७.४ ओभरमा मात्र ५ विकेट गुमाएर २०१ रन जोड्दै नेपाललाई हरायो ।

पाकिस्तानका लागि एस खान र एस हुसेनले समान ३७ रन बनाए । पाकिस्तानका अजान अवीसले आउट नभई सबै भन्दा वढि ६३ रन बनाए।नेपालका लागि आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दिपेश कडेंलले एक एक विकेट लिए ।

यस अघि नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।नेपालका लागि विपीन रावलले ३९ , कप्तान देव खनालले २३ , दिपक डुम्रेले २६ र सुभाष भण्डारीले २० रन बनाए। न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका अर्जुन कुमाल ६ रनमा आउट भए। गुल्सन झाले १८ रनको योगदान दिए।आकाश चन्द १६ रन बनाएर नट आउट रहे । नेपालले समूहको अन्तिम खेल अफगानिस्तानसंग आउने शुक्रबार खेल्नेछ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस