२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बढ्यो डलरको भाउ,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १० गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ वृद्धि भएको हो ।

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७५ रुपैयाँ र बिक्रीदर १३३.३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.६१ रुपैयाँ र बिक्रीदर १३३.२१ रुपैयाँ थियो । त्यस्तै आज एक यूरोको खरिददर १४४.२१ र बिक्रीदर १४४.८६ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६५ र बिक्रीदर १६९.४१ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.३२ रुपैयाँ र बिक्रीदर ८७.७१ रुपैयाँ रहेको छ । प्रति कतारी रियालको खरिददर ३६.४१ रुपैयाँ र बिक्रीदर ३६.५८ रुपैयाँ रहेकोमा एक साउदी रियालको खरिददर ३५.४० रुपैयाा र बिक्रीदर ३५.५६ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस