२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाँचखाल घटना: मदिरा खुवाएर चौरमा सामूहिक बलात्कार, पीडा सहन नसकेर आत्महत्या गर्न लाग्दा उद्धार

Rape of a minor

काठमाडौं । काभ्रेको पाँचखालमा १९ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना बालक छन् । पाँचखाल नगरपालिका–७ शिखरपुरमा पुस २७ को साँझ किशोरी आफ्नी साथीसँग निस्केकी थिइन् । शिखरपुर जङ्गलमा पुगेपछि सँगै गएकी अर्की किशोरी ‘केटा साथी’ ले बोलाएको भन्दै छुटिन् । साथी छुट्दा जङ्गलछेउको चउरमा ४ जना केटा मान्छेसँग भेट भैसकेको थियो ।

उनीहरू हुन्, उदयपुर ताप्ली–८ घर भएका धिरज हमाल, भोजपुर षडानन्द–८ घर भएका घनश्याम श्रेष्ठ र अन्य दुई जना १७ वर्षका बालक । उनीहरू पाँचखाल आसपासमा ज्यामी काम गर्छन् । आफ्नो घरबाट करिब ५ किलोमिटर टाढा जङ्गलछेउमा पुगेकी किशोरी तत्काल एक्लै फर्किन सकिनन् । आरोपीहरू चउरमा बसेर मदिरा पिउन थाले । उनीहरुले किशोरीलाई पनि मदिरा खान आग्रह गरे । खान्न भन्दा उनीहरुले जबरजस्ती खुवाएको पीडितले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

मदिरा खुवाएपछि शिखरपुरस्थित जङ्गल छेउकै चउरमा दुई जनाले पालैपाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । त्यसपछि उनीहरू किशोरीलाई घटनास्थलमा छाडेर भागेका हुन् । घटनामा संलग्न चारै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

बलात्कृत किशोरीलाई जङ्गल छेउमा एक्लै देखेपछि एक जना गाडी चालकले पाँचखाल–७ का वडा अध्यक्षलाई खबर गरे । त्यसपछि उनलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय पाँचखालमा लगिदिए । किशोरीले आफू बलात्कृत भएको बताएसँगै इलाका प्रहरी कार्यालय पाँचखालका इन्स्पेक्टर राजाराम खतिवडा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । किशोरीले रुखमा सल बाँधेर आत्महत्याको प्रयास गरेको भेटिएको छ ।

रुखमा सल बाँधेको अवस्थामा प्रहरीले बरामद गरेको छ । राति १० बजेतिर किशोरीको उद्धार गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । उनी भन्छन्–‘दुई जनाले बलात्कार गरेको र अरू दुई जनालाई मतियारको आरोपमा थुनामा राखेर अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस