२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनले पार्किङ निषेधित क्षेत्र बनाएपछि न्यूरोड बन्यो दुनियाँकै शान्त बजार

By giving this option, Balen banned vehicle parking on New Road

काठमाडौं । राजधानी काठमाडौंको मुटु मानिने ब्यापारिक हब न्यूरोड क्षेत्रमा आजबाट सवारी साधन पार्किङ निषेध गरिएको छ । न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको महानगरले जनाएको छ ।

त्यसको विकल्पमा महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । पार्किङ निषेध गरिएपछि सेवाग्राही भने आक्रोशित बनेका छन् । राज्यका निकायबाट भएको सुविधापनि खोसिएको भन्दै त्यहाँ पुगेका सेवाग्राहीहरुको गुनासो थियो । तर बजार हेर्दा अत्यन्तै शान्त छ । लाग्छ यो राजधानीमा रहेको व्यापारिक केन्द्र स्थल समेत विश्वकै शान्त छ ।

यो क्षेत्रलाई महानगर मेयर बालेन शाह पहिले नै नो पाकिङ बनाउन चाहान्थे । यसैले न्यूरोड क्षेत्रको नीजि क्षेत्रले उठाउने पाकिङ बन्द गर्ने निर्णय गरे । तर अदालत गएर कमाउन पल्किएले फेरि सुरु गरे । अदालतको साथ लिएर गलत कार्य गरिरहनेलाई ठेगान लगाउन बालेनले नयाँ तरिका अपनाए ।

 

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस