२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसईई परीक्षा चैत १५ देखि २७ गते सम्म सञ्चालन हुने

Class 12 exam results published, how to see the results ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । वोर्डको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ ।

अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषयमा एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् । बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस