२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेले बैकले दिएको बलियो सक्कल प्रमाण भनिएको पत्रमै गल्ती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आज बैकले दिएको बलियो सक्कल प्रमाण भनिएको पत्रमै गल्ती देखिएको छ । पत्रको सुरुमा नै लेखिएको छ, उपरोक्त सम्बन्धमा तहाँको मिति २२ /०६ /२०२४ गतेको पत्रका सन्र्दभमा लेख्दैछौ । अब यो मिति कि रबिले पत्रमा त्यही लेखर गएको हुनुपर्छ । कि बैकले गल्ती गरेको हुनुपर्छ ।

गते भनिएकाले यो बिक्रम सम्वत हुनुपर्छ । २२ /०६ /२०२४ गते रवि नै जन्मिएका थिएनन् । ल यो इस्वी सम्वत् हो । भनौं भनेपनि सन् २२ /०६ /२०२४ आउन अझै ५ महिना बाँकी छ । मिति नमिलेको पत्रलाई कानूनी हिसाबमा फर्जी कागज भनिन्छ । त्यति बलियो प्रमाण भनिएको कागज नै फर्जी ? कि त उनी र उनको सचिवालय नै अत्यन्तै कमजोर छ । कि त यो नियतबस हो । बाँकी पठकले नै छुट्याउनुहोला ।

आज रविले कान्तिपुरमा आएको समाचार अनुसार १ करोड ८० लाख आफ्नो खातामा दावी गरिएको मितिमा नआएको भन्दै बैकले दिएको पत्रलाई प्रमाणका रुपमा पत्रकार समक्ष पेस गरेका थिए । तर उक्त पत्र नै फर्जी सरह बन्यो ।

मिति सम्बन्धमा हामीले समाचार लेखेपछि रविलाई बैकले मिति सच्याएर पत्र दिएको छ । मिति सच्याइएको सम्बन्धमा भनेर बैकले अर्को पत्र थप दिएको छ । अब भने कानूनी रुपमा यो प्रमाण कागज बनेको छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस