२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विगतमा सञ्चारकर्मीमाथि ‘पर्सनल अट्याक’ गर्नु गल्ती भएको भन्दै रवि लामिछानेले मागे माफी

Rabi apologized saying that it was a mistake to make a 'personal attack' on mediapersons

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर रविले अघिल्लो पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुत गलत भएको स्वीकार गरेका हुन् । त्यो बेला आफूले डा. रामेश कोइराला, धर्म भुसाल, सम्भव सिरोहिया लगायतलाई पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको उनले बताए । ‘अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरुलाई पर्सनल अट्याक पनि गरेको छु आवेगवश’ उनले भने, ‘त्यसको लागि क्षमा चाहन्छु ।’

२२ माघमा ०७९ मा पत्रकार सम्मेलन गरेर १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएर आरोप लगाएका थिए । सोमबार आयोजित पत्रकार सम्मेलनमा भने रास्वपा सभापति लामिछानेले आफू जिम्मेवार ढंगले प्रस्तुत हुन चाहेको बताए । उनले अगाडि भने, ‘त्यस्तो आज पनि हुन्न, भविष्यमा पनि त्यस ढंगले प्रस्तुत हुने विचार गरेको छैन ।’

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस