२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य आज आइतबारपनि बढ्यो

Today Gold price in Nepal

काठमाडौं । आज आइतबारपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो कारोबार दिन शुक्रबारपनि सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो । शुक्रबार १ लाख १८ हजार रुपैयाँ थियो भने बिहीबार तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज छापावाल सुनको मूल्य १ लाख १७ हजार ८५० रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय ९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस