२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । युगाण्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत गरेका थिए । कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगान्डा पुगेका थिए ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस