२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

न्युजिल्यान्ड सामु नेपालका आशा गरिएका ब्याट्म्यान एकपछि अर्को गर्दै ढले

ICC U-19 World Cup 2024 Cricket Nepali Team Match

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डसामु नेपालका आशा गरिएका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै ढलेका छन् । यद्यपी नेपालका युवा ब्याटर अर्जुन कुमालले भने धानिरहेका छन् ।

आफ्नो लय, क्षमता र जिम्मेवारी ब्याटिङलाई निरन्तरता दिँदै अर्जुनले ७३ बलमा अर्धशतक प्रहार गरे भने अरु अपेक्षाकृत ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् । कप्तान देव खनाल ३५ बलमा ३६ रन बनाएर आउट भए ।

सिनियर टिममा समेत आफ्नो बलियो स्थान बनाएका गुल्सन झा १० बलमा मात्र २ रन जोडेर आउट भए । उनको आजको खेल अति नै फितलो बन्यो । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ७ विकेट गुमाउँदै १३४२ रन बनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस