२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण

Missile attack on US military base in Iraq

काठमाडौँ । इरान समर्थित आतङ्ककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन् । आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ ।

‘शनिबार पश्चिमी इराकको अल–असद एयरबेसमा धेरै ब्यालेस्टिक मिसाइल र रकेटहरू प्रहार गरिएको थियो,’ अमेरिकी केन्द्रीय कमाण्डले ट्विटरमा एक पोस्टमा भनेको छ । वायु रक्षा प्रणालीले हावामा रहेका अधिकांश क्षेप्यास्त्रहरूलाई रोकेर नष्ट ग¥यो । तर, केही मिसाइलहरू एयरबेसमा खसेका थिए । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ । धेरै अमेरिकी कर्मचारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस