२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

Arrest warrant against 6 people including president of Akhil Krantikari Pancha Singh

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले सो पुर्जी जारी गरेको हो ।

प्रहरीले खनुमती मागेपछि कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए । ‘पुरानो घटनामा जाहेरी आएको रहेछ, त्यसमा प्रहरीले अनुमति माग्यो, ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, रावले भने ।

२०६५ साल फागुन २६ गते कालिकोटको मल्लको हत्या घटनामा कालिकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस