२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विवाहअघि लाइसेन्स लिने व्यवस्था गरौं भन्ने आरजु राणाको अभिव्यक्ति किन बन्यो विवादित

Arju Rana Deuba

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले केही समय लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी थिइन् । उक्त अभिव्यक्ति अहिले विवादित बनेको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले राणालाई ट्रोल गरिरहेका छन् । धेरैले संकुचित मानसिकता भनेका छन् । केहीले भने व्यप्त अपराधकाबीच सही तर्क भनेका छन् । उनले ललितपुरमा भएको एक कार्यक्रममा लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।

‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने, ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरिदिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ’ उनले भनिन् ।

धेरै देशमा विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको भन्दै आरजुले विवाहका विषयमा किशोरकिशोरीमा अभिमुखीकरण आवश्यक रहेको पनि बताइन् । ‘पहाडी जिल्लाहरुमा स्कुल लेभलमा नै विवाह गरेकाहरु छन् । उनीहरुलाई कसले अभिमुखिकरण गर्ने ?’ उनले भनिन् ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस