२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बचत डुबेकासँग रविले भने, सहकारीको समस्या समाधान राज्यले गर्नुपर्छ, रकम राज्यले नै दिनुपर्छ’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका सहकारी पीडितसँग भेट गरेका छन्। शुक्रबार भरतपुर ११ स्थित आफ्नो सचिवालयमा उनले भेट गरेका हुन्। भेटका क्रममा उनले सहकारी पीडितको समस्याको समाधान राज्यले गर्नुपर्ने बताएका छन्। उनले तत्काल बचत कर्ताको रकम राज्यले दिएर पछि सञ्चालकबाट सोध भर्ना लिनुपर्ने धारणा राखे।

‘राज्यले सञ्चालक गर्न दिएपछि बचत कर्ता उठिबास भएको अवस्थामा राज्यले जिम्मा लिनुपर्छ,’ उनले भने ‘बचत कर्ताको रकम फिर्ता गर्नमा हामी राज्यलाई सहयोगी भूमिका खेल्छौँ।’ लामिछानेले हिउँदे अधिवेशनमा सहकारीमा मुद्दालाई जोड तोड्ले उठाउने बताए । उनले सहकारी पीडितलाई न्याय दिलाउने आश्वासन दिए।

भेटका क्रममा सहकारी पीडितले डुबेको आफ्नो रकम छिटो फिर्ता गरिदिन माग गरेका थिए। उनीहरूले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक जिबि राईको नाममा रहेको सम्पत्ति बिक्री गरेर बचत कर्ताको रकम फिर्ता गर्न अनुरोध गरेका छन्। सङ्घर्ष समितिका अध्यक्ष शालिक दवाडीले सहकारी सञ्चालकलाई पक्राउ गरेर बचत कर्ताको रकम फिर्ता गर्न माग गरे।

बचत कर्ताले रकम नपाएपछि औषधी उपचार तथा घरखर्च सञ्चालन गर्न कठिन भएको गुनासो गरेको थिए। लामिछानेलाई भेट्न साहारा सहकारी सहित सनराईज बचत तथा ऋण सहकारी संस्था र शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाका करिब डेढ सय बचत कर्ता सहभागी थिए। यहाँ साहारा सहकारीमा मात्रै बचतकर्ताले २५ करोड बडी डुबेको भनेर उजुरी दिएका छन्।

यस सहकारी सञ्चालकसँग आफ्नो नामपनि जोडिएपछि लामिछानेले बचत कर्तासंग छलफल गर्न लागेका हुन्। यस सहकारीका सञ्चालक गितेन्द्रबहादुर राई (जिबि) बचतकर्ताको रकम हिनामिना गरी फरार छन्। उनीमाथी ८५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। यहाँ एउटै व्यक्तिको साढे तीन करोडसम्म डुबेको छ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस