२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनसँग ट्यूनिङ मिल्नेगरी नयाँ सारथी सहसचिव प्रदिप परियार महानगरको कार्यकारी बनेर आए

Balen Shah Pradip pariyar

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आएका छन् । मेयर बालेन शाहको मिसन र भिजन मिल्ने खालका नयाँ सारथीको रुपमा प्रदिप परियार आएको धेरैको आँकलन छ । सहसचिव प्रदिप युवा जोश र नयाँ भिजनमा ट्यूनिङ मिल्ने खालका छन् ।

सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियारलाई काठमाडौं महानगरमा सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिइन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उनी बिदामा थिए । अधिकारीको बिदाबाटै मधेशी आयोगको सचिवमा सरकारले सरुवा गरेको छ ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त नगरपालिकाको कार्यपालिकाले गरेको निर्णय कार्यन्वयमा अनियमितता गरेको र महानगरको योजनामा असहयोग गरेको आरोप छ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस