२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राम मन्दिर प्राण प्रतिष्ठामा खाना खुवाउन प्रभासले ५० करोड दिएको भनिएको समाचारमा कति छ सत्यता

How much truth is there in the news that Prabhas gave 50 crores to serve food at Ram Mandir Pran Pratishtha

काठमाडौं । अयोध्यामा राम मन्दिर बनाउन बलिउड र दक्षिण भारतीय अभिनेता अभिनेत्रीहरुले दान दिएका थिए । राम मन्दिरमा प्राण प्रतिष्ठा समारोहका लागि कयौँ सेलिब्रेटीलाई निम्तो पनि पठाइएको छ । हालै मात्रै दक्षिण भारतीय सुपरस्टार प्रभासले प्राण प्रतिष्ठाको लागि भनेर ५० करोड भारु दान दिएको खबर आएको थियो ।

आन्ध्र प्रदेशका एमएलए चिरला जग्गीरेड्डीले त प्रभासले जनवरी २२ मा अयोध्यामा खानपिनको सबै खर्च उठाउने समेत दाबी गरे । उनको यो अभिव्यक्तियुक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो । प्रभासको टिमले यो खबरको सत्यता बताएका छ । यो खबर झुटो भएको आदिपुरुष फिल्ममा रामको भूमिका निर्वाह गरेका प्रभासले भनेका छन् । यो फिल्म नराम्ररी फ्लप भएको थियो । फिल्ममा पहिरन, दृश्य र संवाद विवादमा मुछिएपछि निर्माताहरुले माफी नै माग्नु परेको थियो ।

इन्डिया टुडेमा छापिएको समाचार अनुसार प्रभासको टिमले यो कुराको खण्डन गरेको छ । स्रोतका अनुसार यो पूरै अफवाह हो अनि खबर झुटो हो । प्रभासलाई प्राण प्रतिष्ठामा बोलाइएको छ कि छैन भन्ने पनि जानकारी नआएको बताइएको छ । दक्षिण भारतीय सिनेमा क्षेत्रमा रजनीकान्त, चिरञ्जिवी र रामचरणलाई निम्तो गएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस