२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुर्खेतमा दुई यातायात प्रालिबीच झडप, एक जना घाइते

Clash between two transport companies in Surkhet, one injured

सुर्खेत । वीरेन्द्रनगरको सिटी बसपार्कमा भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिबीच झडप भएको छ । शनिबार बिहान टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको हो । झड्पमा एकजना भिजिट कर्णाली यातायातका व्यवसायी घाइते भएका छन् । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

गत पुस २६ गते मात्रै सञ्चालनमा आएको भिजिट कर्णाली यातायात प्रालिका कर्मचारीमाथि संयुक्त यातायात व्यवसायीका केही कर्मचारीले हातपात गर्दा झडप भएको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । सुर्खेतमा पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका जनाइएको छ ।संयुक्त यातायात प्रा।लि देखि भिजिट कर्णालीको टिकक काट्ने स्थान फरक रहेको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष गणेश कुमार बिसीले भने,‘ सयुक्तको टोली हाम्रो टिकट काउण्टरमा आएर झडप गयो । सुर्खेत सयुक्त बाहेर अरुले गाडी चलाउन नपाउने भन्ने छ । सुर्खेतमा अरु नयाँ व्यवसायी व्यवसाय नगरुन भन्ने छ ।’

उनका अनुसार कसैलाई पनि आफूहरुले अप्ठ्यारो नपर्ने गरेर यातायात सञ्चालन गरेको बताएका छन् ।दुई प्रालिका झडपका कारण बुलबुले चोकमा सवारीसाधन बन्द गरेको छन् । घटनास्थलमा प्रहरी खटाइएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस