२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

असिम शाहले उपचार खर्चको नाममा लिए पाँच हजार, जवाफमा के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफूमाथि लागेको आरोपबारे स्पष्टिकरण दिएका छन् । रास्वपा सांसद असिम शाहले उपचार खर्चको नाममा राज्य कोषबाट ४ हजार ९ सय ४२ रुपैयाँ बुझेको आरोपबारे आफू जानकार नभएर समस्या आएका भनेका छन् । उहाँले सामाजिक सञ्जालमार्फत जवाफ दिदैँ लेख्नुभएको छ, ‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण स्वरूप बिल बुझाउन पर्ने नियम छ, त्यो प्रक्रिया ईमानदारीपूर्वक पुरा गरेको हु । भरपाई पैसा मागेको पनि होइन र सांसदको तलब खातामा हाल्दिएको कुरा पनि थाहा छैन, पत्ता लगाइ दिएर सहयोग गरी दिनु हुने मिडियालाई धन्यवाद ।’ साथै उहाँले थप्दै भन्नुभएको छ, ‘भोली बैक स्टेटमेन्ट चेक गर्छु र रू ४९४२ जम्मा भएको रहेछ भने पनि राज्यलाई फिर्ता गर्ने छु । संसदमा नयाँ हुनुका दुख पनि अनेक छन् है । कुरो यत्ति हो । प्रश्नका लागि धन्यवाद ।’

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस