२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेत्री निशा अधिकारी नेपाल फर्किइन्, पतिविरुद्ध डिभोर्स नगरी दिएको अंशवण्डा मुद्दाको फेरि चर्चा

काठमाडौं । अभिनेत्री निशा अधिकारी नेपाल फर्किएकी छिन् । उनी केही समय विदेशको बसाईपछि नेपाल आएकी हुन् । नेपाल आउँनुभन्दा अघि विमानस्थलमा नै उनले नेपाल आउँदैछु । घर फर्किदैछु भनेर उत्साहित हुँदै लेखेकी छिन् । उनले एकदमै उत्साहित भएको तस्बिरपनि साझा गरेकी छिन् ।

योबीचमा पति शरद भेषवाकरविरुद्ध अदालतमा अंशवण्डा मुद्दा दायर गरेपछि अभिनेत्री निशा अधिकारी चर्चामा छिन् । उनले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सम्पतिको फाँटबारी पेस गर्न आदेश दिइसकेको छ । सामाजिक सञ्जालमा यो कुरालाई लिएर टिकाटिप्पणीहरु भइरहेका छन् ।

निशा र शरद्ले २०७४ सालमा विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । निशा फिल्म करिअरमा व्यस्त छिन् । शरद भने राष्ट्रिय टिममा समावेश नभएका कारण यतिबेला फुर्सदमा छन् । निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन् । डिभोर्स नगरीकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस