२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुर्खेतको पञ्चपुरी घटना : छोरीको बलात्कार र छोराको हत्या गर्ने बाबु पक्राउ

The father who raped his daughter and killed his son was arrested

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या गर्ने ४५ वर्षीय बुबा नयाराम बुढालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । टीकापुर–१ लम्किपुरबाट बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर गएको थियो । मोबाइल लोकेसनका आधारमा अनुसन्धान टोलीले पक्राउ गरेको हो । लम्कीपुरमा बुढा साडुदाइको घरमा बसिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बुढाले छोराको हत्या गरेको स्वीकार गरेका छन ।

प्रहरीका अनुसार १८ वर्षीय भरतको शव गत सोमबार घरसँगै रहेको बाख्राको खोर नजिकै शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएको थियो। त्यस्तै १५ वर्षीया बहिनी पनि सामान्य घाइते भेटिएकी थिइन । दाजुको हत्या र बहिनी घाइते अवस्थामा भेटिएपछि प्रहरीले चार महिनाअघिको बलात्कारको घटनासँग मंगलबारको घटना सम्बन्धित रहेको अनुमान गरेको थियो । चार महिनाअघि असोजमा उनकी बहिनीमाथि बलात्कार भएको थियो। बलात्कार आरोपी उनैका बाबु थिए।

बाबुले बलात्कार गरेको घटना किशोरीले आफ्ना दाइलाई भनेकी थिइन्। त्यति बेला दाइले नै प्रहरीलाई जाहेरी दिन बहिनीलाई सघाएका थिए। किशोरीका दाइ र जिल्लाकै एउटा गैरसरकारी संस्थाको सहयोगमा कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाको जाहेरी दर्ता भएको थियो। बहिनीको न्यायका लागि साथ दिएको कारण चार महिनापछि युवकको हत्या भएको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार उनका बाबु भारतमा बस्दै आएका थिए। घरमा दाजुबहिनी मात्र बस्थे।

गत असोजमा भारतबाट घर आएका बाबुले किशोरी छोरीमाथि बलात्कार गरेका थिए। प्रहरीमा जाहेरी पुगेपछि भारत भागेका उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना प्रहरीले पाएको थियो ।

 

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस