२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्व आर्थिक मञ्चमा निर्वाणको बढ्दो सक्रियता, गेट्सदेखि अडानीसम्म पुगे

काठमाडौं । विश्व आर्थिक मञ्चमा सहभागि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी भेटघाटमा व्यस्त हुनुहुन्छ । स्विट्जरल्याण्डको डाभोसमा भइरहेको कार्यक्रममा निर्वाण चौधरीले विश्वकै धनाढ्यमध्येका एक बिल गेट्स र गौतम अडानीलाई भेटेका छन् । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग पनि चौधरीले भेट गरे । भेटपछि अगाडीलाई चौधरीले दूरदर्शी र एसियालाई विश्वमाझ लैजाने व्यक्ति भनेर चित्रण गरेका छन् । अडानीसँगको भेट सधैं रमाइलो हुने उनले जानकारी गराएका छन् । चौधरीले डेलका संस्थापक माइकल डेलसँग पनि भेट गरे ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस