२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजसंस्थाको आलोचना गर्दा थाइल्यान्डमा एक जनालाई ५० वर्ष जेल

A man in Thailand has been jailed for 50 years for criticizing the monarchy

बैंकक । थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो ।

थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानूनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्‍याएको हो ।

थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने ‘लिज म्याजस्टी’ कानून कार्यान्वयनमा छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन पुन: लागू गरिएको हो । थाइल्यान्डमा पछिल्लो समय विद्यार्थीहरूले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

उक्त आन्दोलनलाई हेर्दै यस कानूनको प्रयोग बढाइएको छ । सन् २०२० यता २५० भन्दा बढी अभियन्तालाई लिज म्याजस्टी कानूनअन्तर्गत कारबाही गरिएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस