२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसद भगबती चौधरीद्वारा हरिजन टोलका ६५ परिवारलाई न्यानो कपडा

इटहरी/सुनसरी । सांसद भगबती चौधरीले केहि दिन यता आफ्नो निर्वाचन क्षेत्रको मुसहर बस्तीका घरपरिवारलाई निरन्तर न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गर्दै आउनु भएको छ। प्रतिनिधि सभा नचलेको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सात्क्षात्कार हुँदै त्यहाँका विकास निर्माणको अनुगन समेत गर्दै आइरहेकी चौधरीले बुधबारबिहिबार इटहरी उपमहानगरपालिका वडा नं. ९ को हरिजन बस्तीका ६५ विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको छ।

सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधार विकासमा जोड दिँदै आइरहनु भएकी चौधरीले पुस माघको जाडोमा कठ्याङ्ग्रिन विवस नागरिकलाई थोरै भएपनि राहत मिलोस भनेर आफ्नो व्यक्तिगत खर्च तथा दिनेस स्मृति प्रतिष्ठान संगको सहकार्यमा मा न्यानो कपडा वितरण गर्नुभएको हो।

उप्त कार्यकम मा बोल्दै स्थानीयवासीले आफ्ना समस्या सुन्न वडा जनप्रतिनिधि तयार नभएको भन्दै गुनासो गरेका थिए। वडा अध्यक्ष लाई समेत भेट्न नपाएका हामी संघीय संसद लाइ भेट्न र समस्या सुनाउन पाएको भन्दै खुसि व्यक्त गरे। संसद चौधरीले स्थानीय का समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गर्ने आफ्नो क्षेत्राधिकार बाहिर रहेको समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गरिदिने वचन दिनुभयो।

उप्त कार्यक्रम मा हरिजन टोल कमिटि अध्यक्ष, देवेन्द्र प्याकुरेल ८ न वडा कमिटि अध्यक्ष, वेद चापागाईं ८ न वडा कमिटि उपाध्यक्ष,कृष्ण प्रसाद ढकाल सचिव,रिता अधिकारी सदस्य,बिनोद कुमार चौधरी फरवार्ड माइक्रोफाइनान्स व्यावस्थापक, अरुण चौधरी क्षेत्रिय कमिटि सदस्य, ठण्ड माया भण्डारी जिल्ला कमिटि सदस्य, भुपेन्द्र चौधरी लगायत को उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस