काठमाडौं । वेल्सकी राजकुमारी केट मिडलटनको लण्डनमा पेटको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनी दुई हप्तासम्म अस्पतालमै रहनेछिन् । बुधबार केन्सिङ्टन दरबारले एक आधिकारिक विज्ञप्ति जारी गर्दै वेल्सकी राजकुमारीको पेटको शल्यक्रिया गरिएको जानकारी दिएको थियो । उनी अब दुई सातासम्म अस्पतालमा रहने जनाइएको छ ।
बेलायती राजगद्दीका उत्तराधिकारी विलियमकी ४२ वर्षीया श्रीमतीलाई मंगलबार मध्य लण्डनको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया सफल भएपनि दरबार फर्कनुअघि १० देखि १४ दिनसम्म अस्पतालमा रहने जारी बयानका उल्लेख छ । एक चिकित्सकका अनुसार इस्टरपछि राजकुमारी सार्वजनिक काममा फर्कने सम्भावना निकै कम छ । केन्सिङ्टन दरबारले राजकुमारीका बारेमा अपडेट मात्र साझा गरिने जानकारी दिएको छ ।
राजकुमारीले आफ्ना बच्चाहरूको लागि सकेसम्म धेरै सामान्य स्थिति कायम राख्ने इच्छा गरेको कुरालाई जनताले बुझेने अपेक्षा गरिएको छ । राजकुमारीको व्यक्तिगत चिकित्सा जानकारी निजी रहने इच्छालाई सबैले बुझेनेछन् पनि भनिएको छ । शल्यक्रियाले आफ्ना आगामी सबै कार्यक्रमहरू स्थगित गर्नुपरेको छ भन्दै उनले जनतासँग माफी पनि मागेकी छन् ।