२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २ रुपैयाँमा कारोबार भएकोमा आज ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस