२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एउटै भवन २ पटक उद्घाटन गर्न खोजेको भन्दै गोदावरी नगरपालिका जनताद्वारा घेराउ

Godawari Municipality

४ माघ, धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद भएको छ । एउटै भवन दुईपटक उद्घाटन गर्न लागिएको भन्दै जनताले विरोध गरेपछि विवाद चर्किएको छ ।

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेका छन् । प्रशासनिक भवन पुन: उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएका जनताले नगरपालिका घेराउ गरेको छ । नागरिकलाई नेकपा एमालेको साथ छ ।

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिंदै नगरपालिका कार्यालय घेराउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले भवन उद्घाटनको विषयलाई लिएर विवाद सिर्जना भएको बताए । उनका अनुसार एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् ।

 

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस