२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विदेशमा नेपाली स्कुल फैलाउनेगरी जापानमा सञ्चालित एभरेष्ट स्कुलले सांसदहरुलाई दियो सुझाव

Everest International School Japan

काठमाडौं । जापानमा नेपाली विद्यालय एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालनमा छ । यसका अध्यक्ष भवन भट्ट र प्राध्यानाध्यापक बिष्णु भट्ट अहिले नेपालमा छन् । उनीहरुले विदेशी भूमिमा नेपाली स्कुलहरु फैलाउने नेपालका सांसददेखि उच्चपदस्थलाई भेटेर सुझाव दिइरहेका छन् ।

हालै उनीहरुले मिनी संसदको रुपमा रहेको संसदीय समितिका सदस्यहरुलाई भेटेर यसका लागि महत्वपूर्ण सुझाव दिएका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानु भक्त जोशी लगायत समितिका सदस्यहरुलाई भेटेर विदेशमा अबस्थित नेपाली बिद्यालयका हकमा संघीय सरकारको मातहतमा राख्ने व्यवस्था गर्न उनीहरुले सुझाव दिए । साथै सामाजिक अध्ययन लगायतका केही विषयहरु अंग्रेजी विषयमा नै पठन–पाठन को गर्दा उपयुक्त हुने उनीहरुको सुझाव छ ।

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस