२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रक्षक नै भक्षक : प्रहरीसहित आधा दर्जनबाट बलात्कृत बालिका गर्भवती, १३ दिन थुनामा राख्न आदेश

काठमाडौं । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि दुईपटक सामूहिक बलात्कार भएको घटनामा प्रहरीले पाँचजना आरोपीलाई पक्राउ गरेको छ । तीनजनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुईजनालाई म्याद थपका लागि बुधबार (आज) अदालत पेस गरिने जानकारी दिनुभयो ।

बलात्कारमा एक नगर प्रहरी र कृषि विकास कार्यालयका कर्मचारीसहित ९ जना संलग्न भएको आरोप छ । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिका बलात्कृत भएकी थिइन् । उनको गर्भमा भ्रुण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको थियो । बलात्कृत बालिकालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस