२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दिरुम नगरपालिकामा एकै विद्यालयबाट झण्डै डेढ लाख भ्रष्टाचार, अन्य ९० वटामा के भयो होला ?

काठमाडौं । खोटाङको साविक सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मोटो रकम भ्रष्टाचार भएको देखिएको छ । नगरपालिकाको शिक्षा शाखाबाट मोटो रकम हिनामिना भएको पाइएको हो। शाखाबाट एक आर्थिक वर्षमा ६ लाख ७७ हजार १ सय रुपैयाँ हिनामिना भएको तथ्य आम सञ्चारबाट बाहिरिएपछि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले छापा मारेर कागजात समेत नियन्त्रणमा लिएको छ ।

नगरपालिकाको एक विद्यालयको मात्र हिसाव–किताव खोज्दा १ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ हिनामिना गरेको प्रमाण फेला परेको छ। नगरका अन्य ९० वटा विद्यालयको हाल के होला ? प्रश्न उब्जिएको छ। रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा सि जिरो, ३८१५२ मा उजुरीसमेत दर्ता भएको थियो ।

यस विषयमा करिब एक महिना अघि शिक्षा शाखाका प्रमुख तीर्थ विश्वकर्मासँग कुरा गर्दा अनियमितता नभएको बताएका थिए। तर अख्तियारको टोलीले भ्रष्टाचार भएको निश्कर्ष निकालेको छ । कागजात नियन्त्रणमा लिएर विशेष अदालतमा मुद्दा दायरको तयारीमा छ ।

उजुरी कर्ताको सम्पूर्ण विवरण, बैक स्टेटमेण्ट लगायत गोप्य कागजातहरु सूचनाको हक सम्बन्धी ऐन, २०६४ र पत्रकार आचारसंहिता, २०७३ बमोजिम आमसञ्चारको गोप्य अभिलेखमा राखेर सार्वजनिक प्रकाशमा भने गोप्य राखिएको छ ।

 

 

 

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस