२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिशूली नदीमा खसेको जीप फेला, अहिलेसम्म के भयो ?

काठमाडौं । त्रिशुली नदीमा खसेको जीप फेला परेको छ । नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मुग्लिनवाट नारायणगढ तर्फ आउदै गरेको विआर ०९ जिसी १४३० नम्बरको बोलेरो विहान करिब ४:४० मा त्रिशूलीमा खसेको हो । त्रिशूली नदी भित्र पानीमा गाडीको लाइट बलेको खबर प्रहरीलाई आएपछि प्रहरीले गोताखोर लगाएर पानी भित्र गाडीको पहिचान गरेको थियो ।

सिङ्गल क्याबिन भएको जीप भए पनि त्यसमा मानिस फेला पार्न सकिएको छैन् । चितनवस्थित इच्छाकामना–५ मुग्लिङ नारायणगढ सडक खण्डको तीन नम्बर पुल नजिक जीप फेला परेको हो । घटनाबारे विस्तृत जानकारी आउन सकेको छैन् । नारायणगढमा बसेको बिपद व्यवस्थापनको डुङ्गा सहितको टोली र सशस्त्र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार र नेपाल प्रहरीको टोली अहिले घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस