२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल बहुजाति बहु धर्म सस्कृतिको सुन्दर फुलाबारी हो : भगवती चौधरी

इटहरी /सुनसरी। नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। मघिको अवसरमा हिजो दिनभर देसका बिभिन्न भागमा माघी महोत्सव, माघी पर्व, बिभिन्न नामले कार्यक्रमहरु संचालन भए। जुन नाम जे कार्यक्रम राखिएपनि कार्यक्रम को मुख्य उदेश्य भनेको नयाँ बर्सको स्वगत नै हो। किन कि माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ।

इटहरी १३ खनार मा श्री गैडशिंह महाराज मन्दिर समिति द्वारा मघेसक्रन्ति संस्कृतिक कार्यक्रम को आयोजना गरिएको थियो। उप्त कार्यक्रम मा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ कि माननीय संसद भगवती चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उपत् कार्यक्रम मा बोल्दै माननीय संसद भगवती चौधरी ले नेपाल बहुजाति बहु धर्म सस्कृतिको सुन्दर फुलाबारी हो भन्दै उहाले भन्नु भयो नेपालं बहुल जाति, बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक सम्प्रदाय भएको देश हो । यस देशको पहिचान नेपालको राष्ट्रिय गीतले नै गराउँछ । मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो देशमा हिमाल पहाड र तराई भएको बहु भौगोलिक क्षेत्र छ । त्यस्तै यहाँ ब्राह्मण, क्षेत्रीय, नेवार, राई, मगर, लिम्बू, ठकुरी, कुमाइ, थारु, यादव, मुसलमान, छन्त्याल आदि बहुजातिको बसोबास छ । जसरी फूलैफूल गुँथेर एउटा माला बन्छ, त्यसरी नै बहुजातीय संस्कृति मिलेर नेपाल बनेको छ । मालामा गुडिंएका फूलहरूको आफ्नै पहिचान हुन्छ र समग्र मिलेर पनि अलग पहिचान बनेको छ।

त्यसैगरी बरमझिया सप्तरीमा आयोजित पांचमाघी महोत्सव मा दस हजार भन्दा धेरै स्थानीयको सहभागिता रहेको थियो। सुनसरी बाट गएका कलाकार हरुले बिभिन्न सास्कृतिक नृत्य प्रदर्सन गरेका थिए। उपत कार्यक्रम को प्रमुख अतिथि माननीय भगवती चौधरीले सस्कृति सम्रक्षण को लागि थारु जतिको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीयको माग सम्बोधन गर्न संसद मा कुरा राख्ने प्रतिवधता जाहेर गर्नुभयो।

माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन्।माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस