२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पश्चिमी वायु नेपाल छिर्यो : सोमबारदेखि हुनेछ देशभर वर्षा र हिमपात

काठमाडौं । नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहेको छ ।

आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ। १५ तारिख (सोमबार) भने अहिलेको भन्दा अलिकति बढी प्रभाव पार्ने गरी पश्चिमी वायुको प्रणाली नेपाल भित्रिँदै छ । त्यसको प्रभावले आज राति कोशी र गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । सोमबार रातिदेखि भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस